2011/06/16

महेश बस्नेतलाई आजै छाडिने, भोलिको बन्द फिर्ता

युवा संघका अध्यक्ष महेश बस्नेतलाई बिहीबार नै रिहा गरिने भएको छ ।
गृह मन्त्रालयमा साँझ भएको वार्तामा बस्नेतलाई छाड्ने सहमति भएपछि युवा संघले शुक्रबारका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ ।
प्रहरीले एमाले भातृ संगठन युवा संघका अध्यक्ष वस्नेतलाई इटहरीस्थित रिभरसाइड रिसोर्टमा पत्रकार सम्मेलन गरिरहेकाबेला पक्राउ गरेर विराटनगरमा पुर्‍याएको थियो ।
गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महरासँग भएको वार्तामा युवा संघका तीन वटै माग सरकारले पूरा गरेको छ ।
बस्नेतसहितका युवा संघका नेतालाई बिहीबार नै रिहा गर्ने,  प्रहरीको बल प्रयोगबारे छानबिन समिति गठन गर्ने र घाइतेको उपचार सरकारले गर्ने सहमति भएको एमाले युवा विभाग प्रमुख एवं केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।
गृहमन्त्रीले बिहीबार नै युवा संघलाई वार्ता आहृवान गरे पनि उनीहरुले बरिष्कार गरेका थिए । प्रधानमन्त्री झलनाथ खनालले भट्टराईलाई वार्तामा बसेर जारी तनाव अन्त्य गर्न निर्देशन दिएपछि वार्ता भएको थियो ।
 

댓글 없음:

댓글 쓰기