2011/09/19

सेतो टिसर्टमा मनाइयो चलचित्र दिवस

पहिलो चलचित्र दिवस आइतबार मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । । यस अवसरमा चलचित्र विकास बोर्डको आयोजनामा बिहान राजधानीमा वृहत प्रभातफेरी र शान्ति वाटिकामा कोणसभाको आयोजना गरियो । विशिष्ठ जमघटबीच आयोजित समारोहमा बरिष्ठ चलचित्रकर्मी, निर्माता, निर्देशक, कलाकार, पत्रकार, शुभेच्छुक सहभागि थिए ।

सशष्त्र प्रहरीको ब्यान्ड बाजासहित प्रज्ञा प्रतिष्ठानबाट निकालिएको र्‍याली पुतलीसडक, बागबजार हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा सभामा परिणत भएको थियो । सभामा बोल्दै बरिष्ठ चलचित्र निर्देशक यादव खरेलले निर्माता, वितरक र प्रदर्शकबीच एकता भएमात्र वास्तविक चलचित्र विकास हुने बताए । कर चोर्ने काम रोक्न प्रदर्शक र वितरकलाई आग्रह गर्दै उनले प्रदर्शकले ब्यापारको आधार नेपाली चलचित्रलाई गराउनुपर्नेमा जोड दिए ।

बोर्ड अध्यक्ष गणेश भण्डारीले दिवसलाई चलचित्रकर्मी एकता दिवसको रुपमा मनाउन लागिएको बताए । आउँदो वर्षको दिवसमा राष्ट्रिय पुरस्कारको घोषणा समेत गरिने उनले जनाए । समारोहमा पाका चलचित्रकर्मीको उत्साहजनक सहभागिता थियो । नायक र नायिकाहरु पनि उपस्थित रहे । चलचित्र संघसंस्थाहरुले ब्यानर र प्लेकार्ड प्रस्तुत गरेका थिए । हाम्रो मनभित्र नेपाली चलचित्र भन्ने मुल नाराका साथ दिवस आयोजना गरिएको थियो ।

आइतबारै चलचित्र दिवसबारे अन्तक्रीया कार्यक्रम आयोजना गरिएको छ । आइतबार बेलुका बसन्तपुर डबलीमा चलचित्रकर्मीसँग दीपावली गरियो ।

2011/06/21

मोटोपनको समस्या र नियन्त्रणका उपाय

   

नेपाल, भारतजस्ता देशमा पहिले-पहिले स्वास्थ्य तथा पोषणको बारेमा छलफल गर्दा खासगरी कुपोषण रक्तअल्पताको बारेमा धेरै छलफल हुन्थ्यो हैजा, पखाला ठूला समस्याहरु थिए ती समस्याहरु यथावत् नै छन् तर तिनमा आफैं एउटा समस्या थपिन गएको - मोटोपन त्यसले गर्दा हुने विभिन्न समस्याहरु मोटोपन, मुटुको रोगजस्ता समस्याहरु पहिलेे अमेरिका युरोपका समस्या भनिन्थ्यो भने अहिले नेपाल, भारत, बंगलादेशलगायत विश्वका धेरै मुलुकको समस्या पनि भएका छन्

भारतमा गरिएको एक अध्ययनअनुसार झन्डै करोड भारतीय महिलाहरुमा अति मोटोपन पाइएको एक अध्ययनअनुसार प्यासिफिक आइसल्यान्डका ७० प्रतिशत, सिंगापुरका ११ प्रतिशत अमेरिकाका २८ प्रतिशत मानिस मोटा छन् त्यसै गरी इरानमा १० प्रतिशत वयष्क बहराइनमा २९ प्रतिशत मानिसमा मोटोपन मोटोपनको वृद्धिले उनीहरुको स्वास्थ्य उत्पादनमा पनि समस्या भइरहेको