2011/09/19

सेतो टिसर्टमा मनाइयो चलचित्र दिवस

पहिलो चलचित्र दिवस आइतबार मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । । यस अवसरमा चलचित्र विकास बोर्डको आयोजनामा बिहान राजधानीमा वृहत प्रभातफेरी र शान्ति वाटिकामा कोणसभाको आयोजना गरियो । विशिष्ठ जमघटबीच आयोजित समारोहमा बरिष्ठ चलचित्रकर्मी, निर्माता, निर्देशक, कलाकार, पत्रकार, शुभेच्छुक सहभागि थिए ।

सशष्त्र प्रहरीको ब्यान्ड बाजासहित प्रज्ञा प्रतिष्ठानबाट निकालिएको र्‍याली पुतलीसडक, बागबजार हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा सभामा परिणत भएको थियो । सभामा बोल्दै बरिष्ठ चलचित्र निर्देशक यादव खरेलले निर्माता, वितरक र प्रदर्शकबीच एकता भएमात्र वास्तविक चलचित्र विकास हुने बताए । कर चोर्ने काम रोक्न प्रदर्शक र वितरकलाई आग्रह गर्दै उनले प्रदर्शकले ब्यापारको आधार नेपाली चलचित्रलाई गराउनुपर्नेमा जोड दिए ।

बोर्ड अध्यक्ष गणेश भण्डारीले दिवसलाई चलचित्रकर्मी एकता दिवसको रुपमा मनाउन लागिएको बताए । आउँदो वर्षको दिवसमा राष्ट्रिय पुरस्कारको घोषणा समेत गरिने उनले जनाए । समारोहमा पाका चलचित्रकर्मीको उत्साहजनक सहभागिता थियो । नायक र नायिकाहरु पनि उपस्थित रहे । चलचित्र संघसंस्थाहरुले ब्यानर र प्लेकार्ड प्रस्तुत गरेका थिए । हाम्रो मनभित्र नेपाली चलचित्र भन्ने मुल नाराका साथ दिवस आयोजना गरिएको थियो ।

आइतबारै चलचित्र दिवसबारे अन्तक्रीया कार्यक्रम आयोजना गरिएको छ । आइतबार बेलुका बसन्तपुर डबलीमा चलचित्रकर्मीसँग दीपावली गरियो ।

댓글 없음:

댓글 쓰기