पहिलो चलचित्र दिवस आइतबार मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । । यस अवसरमा चलचित्र विकास बोर्डको आयोजनामा बिहान राजधानीमा वृहत प्रभातफेरी र शान्ति वाटिकामा कोणसभाको आयोजना गरियो । विशिष्ठ जमघटबीच आयोजित समारोहमा बरिष्ठ चलचित्रकर्मी, निर्माता, निर्देशक, कलाकार, पत्रकार, शुभेच्छुक सहभागि थिए ।
सशष्त्र प्रहरीको ब्यान्ड बाजासहित प्रज्ञा प्रतिष्ठानबाट निकालिएको र्याली पुतलीसडक, बागबजार हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा सभामा परिणत भएको थियो । सभामा बोल्दै बरिष्ठ चलचित्र निर्देशक यादव खरेलले निर्माता, वितरक र प्रदर्शकबीच एकता भएमात्र वास्तविक चलचित्र विकास हुने बताए । कर चोर्ने काम रोक्न प्रदर्शक र वितरकलाई आग्रह गर्दै उनले प्रदर्शकले ब्यापारको आधार नेपाली चलचित्रलाई गराउनुपर्नेमा जोड दिए ।
बोर्ड अध्यक्ष गणेश भण्डारीले दिवसलाई चलचित्रकर्मी एकता दिवसको रुपमा मनाउन लागिएको बताए । आउँदो वर्षको दिवसमा राष्ट्रिय पुरस्कारको घोषणा समेत गरिने उनले जनाए । समारोहमा पाका चलचित्रकर्मीको उत्साहजनक सहभागिता थियो । नायक र नायिकाहरु पनि उपस्थित रहे । चलचित्र संघसंस्थाहरुले ब्यानर र प्लेकार्ड प्रस्तुत गरेका थिए । हाम्रो मनभित्र नेपाली चलचित्र भन्ने मुल नाराका साथ दिवस आयोजना गरिएको थियो ।
आइतबारै चलचित्र दिवसबारे अन्तक्रीया कार्यक्रम आयोजना गरिएको छ । आइतबार बेलुका बसन्तपुर डबलीमा चलचित्रकर्मीसँग दीपावली गरियो ।
Manab
2011/06/21
मोटोपनको समस्या र नियन्त्रणका उपाय
नेपाल, भारतजस्ता देशमा पहिले-पहिले स्वास्थ्य तथा पोषणको बारेमा छलफल गर्दा खासगरी कुपोषण र रक्तअल्पताको बारेमा धेरै छलफल हुन्थ्यो । हैजा, पखाला ठूला समस्याहरु थिए । ती समस्याहरु त यथावत् नै छन् । तर तिनमा आफैं एउटा समस्या थपिन गएको छ- मोटोपन र त्यसले गर्दा हुने विभिन्न समस्याहरु । मोटोपन, मुटुको रोगजस्ता समस्याहरु पहिलेे अमेरिका र युरोपका समस्या भनिन्थ्यो भने अहिले नेपाल, भारत, बंगलादेशलगायत विश्वका धेरै मुलुकको समस्या पनि भएका छन् ।
भारतमा गरिएको एक अध्ययनअनुसार झन्डै ६ करोड भारतीय महिलाहरुमा अति मोटोपन पाइएको छ । एक अध्ययनअनुसार प्यासिफिक आइसल्यान्डका ७० प्रतिशत, सिंगापुरका ११ प्रतिशत र अमेरिकाका २८ प्रतिशत मानिस मोटा छन् । त्यसै गरी इरानमा १० प्रतिशत वयष्क र बहराइनमा २९ प्रतिशत मानिसमा मोटोपन छ । मोटोपनको वृद्धिले उनीहरुको स्वास्थ्य र उत्पादनमा पनि समस्या भइरहेको छ ।
피드 구독하기:
글 (Atom)